• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

MMS News by MMS News
२७,मंसिर,२०७७,शनिबार ०७:४९
941
SHARES
Share on FacebookShare on Twitter

बिबिसी । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ।

सम्बन्धित समाचार

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

ट्रम्पका वकिलले भनेः ट्रम्पले मतपरिणाम स्वीकार गर्दैनन् !

एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्।

अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्। फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ। गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।

एफडीएले के भन्यो?
बिहीवार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए। तेइस सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए।

शुक्रवार ट्रम्पले ट्वीट गर्दै एफडीएलाई सुस्त कछुवाको संज्ञा दिएका थिए र लेखेका थिए: “डा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ। खेल्न छोड र जीवन रक्षा गर्।”

वाशिङटन पोस्टले तीन स्रोतलाई उल्लेख गर्दै ह्वाउट हाउसका प्रमुख मार्क मिडोजले हानलाई शुक्रवार खोप स्वीकृत गर्न वा राजीनामा दिन निर्देशन दिएका थिए।
तर हानले सञ्चारमाध्यमलाई खोपलाई अनुमति दिन छिटो काम गर्न प्रोत्साहित गरिएको भन्दै मिडोजको फोनका बारेमा सञ्चारमाध्यमले गरेको चित्रण असत्य भएको बताए। राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताए। फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताइएको छ।

Share376Tweet235Share94
Previous Post

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

आगामी एक हप्ताभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.