• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home अपराध

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

MMS News by MMS News
२४,आश्विन,२०७७,शनिबार ०८:५३
970
SHARES
Share on FacebookShare on Twitter

क्वालालाम्पुर, मलेसिया। मलेसियामा अपहरण र धम्की दिई फिरौती असुल गरेको आरोपमा डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ नेपाल प्रहरीको हिरासतमा रहेकै बेला उनीबाट पीडित व्यक्ति भनिएका मोहम्मद रैदासलाई मलेसियाबाट नेपाल पठाइएको छ।

डेभिड पक्राउपछि मलेसियास्थित नेपाली दुतावासको समन्वयमा सुरक्षित बस्दै आएका रैदासलाई दूतावासकै पहलमा सुरक्षितरुपले नेपाल फर्काइएको हो।

सम्बन्धित समाचार

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

कानको मुन्द्रा खाेस्न ६ वर्षीया बालिकाको हत्या

यसबारे   दूतावासमा सम्पर्क गर्दा यसबारे थप जानकारी दिन नमिल्ने बताइयो। रैदासलाई मलेसियामा डेभिड ग्याङसँग सम्बन्धित व्यक्तिहरुले फेसबुकमै मोष्ट वान्टेड लेखी फोटोसहित सूचना जारी गरेका र उनीबारे जानकारी दिनेलाई पाँच हजार आरएम (मलेसियन मुद्रा) पुरस्कार दिने घोषणासमेत गरेका थिए।

रैदास डेविडकै क्यान्टिनमा काम गर्ने कर्मचारी भएको बुझिएको छ। डेभिड विगत लामो समयदेखि मलेसियामा बसी मलेसियन सरकारी अधिकारी दातोको संरक्षणमा रहेर मलेसियामा व्यवसाय तथा मलेसियाका स्थानीय गुण्डाहरुसँग सहकार्य गर्दै धन्दा गरिरहेका ब्यक्ति हुन्।

उनीमाथि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टोप ग्लोभका मलेसिया रहेका २१ भन्दा बढी फ्याक्ट्रीमा क्यान्टिन संचालन गर्दै कम्पनीबाट नै कामदारसँग खानाको पैसा समेत असुली गर्दै आएको आरोप पनि लाग्दै आएको छ।

उनले सेलेङर राज्यको केलाङ क्वालालम्पुर स्थित बुकित बिन्ताङ लगायतका ठाउँमा दर्जनौं रेस्टुरेन्टसमेत सन्चालन गर्दै आएका थिए। साथै पछिल्लोचरण उनी आफ्नै क्यान्टिनमा कार्यरत कर्मचारी अपहरण तथा बन्दक बनाएर फिरौतीसमेत असुलेको आरोपमा फसेका हुन्।

डेबिडलाई उक्त फिरौती रकम निकाल्न काठमाडौ आएको मौका छोपी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौबाट नियन्त्रणमा लिएसँगै यो विषय मलेसियादेखि सामाजिक संजाल फेसबुकमा समेत यतिबेला भाइरल भएको छ।

Share388Tweet243Share97
Previous Post

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

Next Post

सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?

Next Post

सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

आगामी एक हप्ताभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.