• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home अपराध

प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बाेलाएर एसिड प्रहार

MMS News by MMS News
१०,श्रावण,२०७७,शनिबार ०७:५६
927
SHARES
Share on FacebookShare on Twitter

१० साउन,काठमाडौं ।काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घन्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ । यो खबर नयाँ पत्रिकामा छापिएको छ।

डल्लुमा गार्मेन्ट चलाएर बसेका भारतीय नागरिक मोहम आलमको निर्देशनमा उनकै कामदार फैयाज आलमले पवित्रा कार्कीमाथि एसिड प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार युवतीले वास्ता नगरेको भन्दै आक्रमण गरेको अभियुक्तले बयान दिएका छन् ।

सम्बन्धित समाचार

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

कानको मुन्द्रा खाेस्न ६ वर्षीया बालिकाको हत्या

एसिड आक्रमण गर्ने योजनाअनुसार नै आलमले बिहीबार सातपटक फोन गरेर युवतीलाई भेट्न बोलाएका थिए । चिनजानकै मान्छेले बारम्बार फोन गरेपछि उनी पनि भेट्न गएकी थिइन् । भेटपछि उनले केही परसम्म युवतीलाई मोटरसाइकलमा लगेका थिए । उनले नै आफ्ना कामदार फैयाजलाई बाटोमा कुराएर राखेको प्रहरीले जनाएको छ । आलमको निर्देशनअनुसार बाटोमा लुकेर बसेका फैयाजले युवतीलाई एसिड प्रहार गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले साँझ ७:५५ बजे घटना भएको र करिब साढे १० बजे नै अभियुक्तलाई पक्राउ गरिएको बताए । ‘युवतीसँग बदला लिने उद्देश्यले एसिड आक्रमण भएको देखिन्छ,’ एसएसपी ज्ञवालीले भने, ‘आफ्नो पहिचान नखुलोस् भनेर अभियुक्तले चलाखी अपनाएका थिए, तर केही घन्टामै पक्राउ परे ।’ अन्य व्यक्ति प्रयोग गरेर एसिड आक्रमण गराएको यो नौलो प्रकृतिको घटना भएको उनले बताए ।

फोनबाट मिल्यो ‘क्लु’
घटना भएको केही समयपछि नै आलमले पवित्रालाई फोन गरेका थिए । फोन उनको दिदीले उठाएकी थिइन् । फोनमा उनले आफूलाई झन्डै प्रहरीले पक्राउ गरेको भन्दै घटनाबारे आफूलाई केही जानकारी नभएकोजस्तो देखाउन खोजेका थिए । जब कि एसिड आक्रमणपछि फैयाजलाई आफैँले मोटरसाइकलमा राखेर गार्मेन्टमा लगेका थिए ।

उनको कुराको शैलीबाट नै प्रहरीलाई शंका लागेको थियो । साथै युवतीको कल डिटेल हेर्दा उनलाई बारम्बार फोन गरेको थाहा पाएपछि शंकाको सुई आलममाथि नै मोडियो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । मोबाइल चेक गर्दा उनले ‘कल लग’ डिलेट गरिसकेका थिए । त्यसका आधारमा थप सोधपुछ गर्दा उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । अर्काेतर्फ एसिड हान्ने उनका कामदारको हातमा समेत एसिडले असर गरेकाले केही घन्टामै प्रहरीले घटना सुल्झाएको हो ।

पवित्राकी दिदी उनको गार्मेन्टमा काम गर्ने भएकाले उनीहरूको चिनजान भएको थियो । पवित्राले पनि उनको गार्मेन्टमा करिब एक महिना काम गरेकी थिइन् । गार्मेन्टको काम छाडेर अर्को काम गर्न थालेकी पवित्राले आलमलाई सामाजिक सञ्जाल फेसबुकमा निरन्तर म्यासेज गर्न थालेपछि ब्लक पनि गरेकी थिइन् । फेसबुकमा ब्लक गरेपछि उनले निरन्तर फोन गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । युवतीमाथि एसिड आक्रमण गर्ने फैयाजले आलमकै निर्देशमा काम गरेको प्रहरीसँगको बयानमा बताएका छन् । ‘एसिड हो भन्ने थाहा थिएन । मालिकले एसिड नभई रक्सी भनेर छ्याप्न लगाएका थिए,’ युवकले प्रहरीसँग भनेका छन् ।

Share371Tweet232Share93
Previous Post

प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न

Next Post

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

Next Post

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.