• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MMS News
Ad
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English
No Result
View All Result
MMS News
No Result
View All Result
Home अपराध

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

१५ किलो ‘सुन’ भनेर बरामद गरेको विवादमा

MMS News by MMS News
१५,श्रावण,२०७७,बिहीबार १०:०२
967
SHARES
Share on FacebookShare on Twitter

१५ साउन, काठमाडौं । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

कानको मुन्द्रा खाेस्न ६ वर्षीया बालिकाको हत्या

समिति स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिसकेको छैन ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख गरेका थिए ।

तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।

सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले बतायो ।

नाकामा समयमा जानकारी नै गराइएन

एसएसपी ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमै बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको सार्वजनिक गरेका थिए ।

गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको ज्ञवालीको भनाइ थियो । बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

समितिका एक अधिकृतले अभियुक्त र सवारीसाधन नसमातिँदै पत्रकार सम्मेलन गरेर गाडी नम्बर सार्वजनिक गर्दा आरोपितले भाग्ने मौका पाएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अनुसन्धानका लागि यसले समस्या सिर्जना गर्न सक्ने कुराको ख्याल गरेको देखिँदैन ।’

त्यति मात्र होइन, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको छ । थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । जबकी, त्यो नम्बरको गाडी कैलालीमा रहेको व्यक्तिको भएको पाइएको यातायात व्यवस्था कार्यालयको रेकर्डले देखाएको थियो ।

पछि ५५१९ नम्बरको गाडी बाराका इन्साद हुसेनको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो । गाडीबारे नाकामा कार्यरत प्रहरी अधिकृतलाई पनि ढिलो गरी मात्र रिपोर्टिङ भएको पाइएको छ ।

‘भाग्ने वित्तिकै खबर गरेको भए पनि चेकपोइन्ट राखेर समातिहालिन्थ्यो, उम्किन सक्ने ठाउँ रहँदैनथ्यो’, उपत्यकाको एक वृत्तमा कार्यरत अधिकृतले भने, ‘यसमा प्रहरीले गम्भिर लापरबाही भएको देखिन्छ ।’

काठमाडौं प्रहरीका एक उच्च अधिकृतले भने पूर्ण तयारीविना डीएसपी दाहालले अपरेशन गरेकाले समस्या आइपरेको दाबी गरेका छन् । दाहालले भने घटनाबारे बताउन चाहेनन् ।

भाग्ने वित्तिकै गोली चलाएर पनि गाडीलाई नियन्त्रणमा लिन सकिने स्थिति रहँदा रहँदै प्रहरीले त्यतातिर किन ध्यान दिएन भन्ने विषय रहस्यमय रहेको अधिकृतहरु बताउँछन् ।

यसपछाडि काठमाडौं प्रहरी र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको नियत थियो वा लापरबाही मात्र भन्ने विषयमा चाहिँ छानविन समितिको अन्तिम प्रतिवेदन तयार भए नै निष्कर्षमा पुग्न सकिएला ।

Share387Tweet242Share97
Previous Post

भारतमा आधुनिक लडाकु विमान ल्याण्ड गरेकै दिन चीन झन शक्तिशाली भएको खबर बाहिरयो

Next Post

लकडाउनका कारण चार महिनासम्म बन्द -आजबाट सन्चालनमा

Next Post

लकडाउनका कारण चार महिनासम्म बन्द -आजबाट सन्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest

डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

इतिहासका ७ घटनाः जब अमोनियम नाइट्रेट विष्फोटले उडिरहेको हवाइजहाज समेत खस्यो…

आगामी एक हप्ताभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेका थिए यस्ता हर्कत

३ जना संक्रमित भेटिँदा ८० हजार जनालाई शहरबाट हटाइँदै

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

Drinking water the right way removes toxins

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरी पक्राउ

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

Facebook Twitter Google+ Youtube RSS

MMS News & Information

MMS News

MMS News & Info is the subdivision of MMS Group.

Category News

Recent News

काेराेना भाइरस: अमेरिकामा फाइजरकाे काेभिड खाेपलाई अनुमति

आज नेपालमा थपिए १०४४ काेराेना संक्रमित,११ जनाको मृत्यु

Newsletter

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.

No Result
View All Result
  • MMS HOME
  • समाचार
  • पत्रपत्रिका
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • भिडियाे
  • English

© 2020 MMS Group - MMS News & Information l Powered by: MMS Design.